विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौं राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगढीमा महासचिव नेत्रविक्रम चन्द विप्लवले महाधिवेशन उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधि र पर्यवेक्षक कपिलवस्तु पुगेका छन् ।

पार्टी विभाजनपछि आगामी कार्यदिशा तथा मंसिर ४ गते हुने निर्वाचनका लागि सो पार्टीको रणनीतिलाई यो महाधिवेशनले टुंगो लगाउने भएकाले पनि विशेष चासोको रूपमा हेरिएको छ ।

२५,आश्विन.२०७९,मंगलवार १७:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्