धादिङ २ मा एमाले–राप्रपा तालमेल, खेम लोहनीका लागि पर्शुराम तामाङको उम्मेदवारी फिर्ता

काठमाडौं । नेकपा एमाले र राप्रपाबीच धादिङ क्षेत्र नम्बर २ मा चुनावी तालमेल भएको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन बुधवार राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवार फिर्ता गरेको छ ।

प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका खेम लोहनीलाई समर्थन गरेका छन् । त्यस्तै प्रदेशतर्फ सोही क्षेत्रको १ नम्बरमा एमालेका धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर फिर्ता लिएका छन् ।

त्यस्तै प्रदेश २ तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा.रामकुमार आधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् ।

राप्रपा नेता बुद्धिमान तामाङले बिगतमा जित्दै आएको सो क्षेत्रमा स्थानीय तहमा राप्रपाले वडाबाट करीव ५५ सय मत पाएको छ ।

२६,आश्विन.२०७९,बुधबार १४:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्