काठमाडौं-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले लिए नाम फिर्ता

काठमाडौं । काठमाडौं ४ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिएका छन् ।

उम्मेदवारको तयारी अलि अघि देखि नै गर्नुपर्नेमा ढिलो मानसिकता बनेकाले नाम फिर्ता गरेको उनले बताए ।

‘उम्मेदवारको लागि अलि अघि देखि तयार गर्नुपर्ने थियो । मेरो तयारी पनि कम भयो ।’ श्रेष्ठले भने,‘ अर्कोपटकका लागि अलि अघिदेखि तयारी गरेर उम्मेदवार बन्छु । यसपटक फिर्ता गरें ।’

यसै क्षेत्रमा कांग्रेसका उम्मेदवार गगन थापा उम्मेदवार रहेकाले संसदमा उनको आवश्यकता देखेर पनि नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । ‘योग्य र सक्षम व्यक्ति संसदमा आउनुपर्छ । रवि लामिछाने र गगन थापा जस्तो व्यक्ति संसदमा चाहिन्छ । श्रेष्ठले भने ।

२६,आश्विन.२०७९,बुधबार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्