उचित समयमा बोल्ने भन्दै आएका नेकपा एमालेका नेता भीम रावलले भोलि पत्रकार सम्मेलन गर्ने

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले टिकट नपाएको विषयमा आफ्नो आधिकारिक धारणा राख्ने भएका छन् । बिहीबार कार्की वैंक्वीटमा पत्रकार सम्मेलन गरेर आफूलाई उम्मेदवार नबनाएको विषयमा बोल्न लागेको हुन् ।

अछाम–१ का लागि वडा कमिटीदेखि सुदुरपश्चिम कमिटीले रावलको एकल नाम सिफारिस गरेर पठाएपनि केन्द्रले काटेको थियो । केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट आएका झपट बोहोरालाई टिकट दिएका थिए ।

तर, ओलीले रावललाई प्रतिशोध साँधेर टिकट नदिएको भन्दै चर्को आलोचना भइरहेको छ । उनले उचित समयपछि बोल्ने बताउँदै आएका थिए । पार्टीमा ओली र रावलबीच चर्काे मतभेद हुँदै आइरहेको छ ।

२६,आश्विन.२०७९,बुधबार १५:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्