रामेछापमा नेकपा एसको उम्मेदवारी कायमै, माओवादीका दुईजना बागीले लिए उम्मेदवारी फिर्ता

रामेछाप । गठबन्धनको सीट बाँडफाँटमा भाग नपाएपछि रामेछापमा प्रतिनिधि सभा र प्रदेशका दुवै सीटमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेताहरुले आफ्नो मनोनयन कायमै राखेका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ताको लागि दिइएको समयसीमाभित्र दुई जना प्रदेश सभाका स्वतन्त्र उम्मेदवारले मात्र नाम फिर्ता लिएका छन् । नेकपा एसका उम्मेदवारको मनोनयन कायमै रहेको छ ।

नेकपा एसबाट जिल्ला इन्चार्ज देवशंकर पौडेलले प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । त्यस्तै मन्थली नगरपालिकाका पूर्व मेयर तथा जिल्ला अध्यक्ष रमेश बस्नेतले क्षेत्र नम्बर १ र झम्क कडेलले क्षेत्र नम्बर २ मा प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

प्रदेश सभातर्फ माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका क्षेत्र नम्बर १ का रविन्द्र पौडेल र २ का डिल्लीमान तामाङले मनोनयन फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२६,आश्विन.२०७९,बुधबार १५:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्