काठमाडौं–७ मा निवर्तमान सांसद रामवीर मानन्धरले लिएनन् उम्मेदवारी फिर्ता

काठमाडौं । काठमाडौं–७ बाट निर्वाचित निवर्तमान सांसद रामवीर मानन्धरले आफ्नो उम्मेदवार कायम राखेका छन् ।

नेकपा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बुधबार पत्रकारहरुसँगको कुराकानीमा उनले आफूले निर्वाचन अधिकृतको कार्यालयमा चुनाव चिह्न लिन लागेको बताए । ‘मैले उम्मेदवारी फिर्ता लिएको छैन, फिर्ता लिन दिएकै होइन, चुनाव चिह्न लिने लाइनमा छु’ उनले भने ।

यो क्षेत्रबाट सत्तारुढ गठबन्धनले नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । नेकपा एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टीले पनि यो क्षेत्रमा भने उम्मेदवारी दिएका छन् । मन्त्री राजेन्द्र श्रेष्ठ जसपाको उम्मेदवार छन् ।

२६,आश्विन.२०७९,बुधबार १६:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्