पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफलाई सम्पती शुद्धीकरण मुद्दामा सफाइ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरीफ र उनका छोरालाई सम्पती शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको छ ।

गैरकानुनी ढंगले सम्पती आर्जन गरेको आरोपमा प्रधानमन्त्री सहबाज सरीफ तथा उनका छोराहरु सहबाज र सलमानविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो ।

अहिले पाकिस्तानको विशेष अदालतले सरीफले अकुत सम्पती आर्जन गरेको पुष्टि नभएको जनाएको छ ।

सहबाज सरीफ र उनका छोराविरुद्ध १६ अर्ब पाकिस्तानी रुपैयाँ अकुत रुपमा कमाएको आरोप थियो । जमानतको याचिका अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुलाई सात महिनासम्म लाहोरको सेन्ट्रल जेलमा राखिएको थियो । सन् २०२१ अप्रिलमा उनलाई लाहोर उच्च अदालतले जमानतमा रिहा गरेको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा उनी गत २०७८ चैतमा पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए । पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरीफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरीफका भाइ हुन् ।

यसैबीच सहबाज सरीफ र उनका छोराहरुलाई अदालतले सफाइ दिएकोप्रति पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आपत्ती जनाएका छन् ।

२७,आश्विन.२०७९,बिहीबार ०८:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्