उम्मेदवारी खारेजीविरुद्ध गोविन्द बन्दी र शम्भु थापा लिएर राजु गुरुङ सर्वोच्चमा

काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् ।

निवर्तमान कानून मन्त्री गोविन्द बन्दी,बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,रमण श्रेष्ठसहित निर्वाचन आयोगविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च गएका हुन् ।

गठबन्धनबाट नेकपा एसका उम्मेदवार गुरुङले बैकिङ कसूर सम्बन्धी मुद्दामा सजाय पाएको उजुरी परेपछि निर्वाचन अधिकृतले प्रमाणका आधारमा उनको उम्मेदवारी खारेजी गरेका थिए ।

एमाले उपाध्यक्ष बिष्णु पौडेलविरुद्ध उम्मेदवार बनेका गुरुङसहित अन्य दुईजना स्वतन्त्र उम्मेदवारको पनि मनोनयन खारेजी भएको छ । गुरुङले रिट दर्ताका लागि आफू सर्वोच्च अदालतमा पुगिसकेको र दर्ताको प्रक्रियामा रहेको बताए ।

२७,आश्विन.२०७९,बिहीबार १२:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्