नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा घोराहीका वडाध्यक्षका छोरा पक्राउ

दाङ । यौन दुर्व्यवहार आरोपी घोराही १३ निवासी ऋषि पोखरेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक-एसपी वीरबहादुर ओलीले जानकारी दिएका छन् । लुकिछिपी बस्दै गरेको अवस्थामा पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

पोखरेललाई म्याद थप गरेर घटना अनुसन्धान सुरु हुने र जाहेरवाला १० वर्षीय नाबालिकाको बयानको आधारमा जबरजस्ती करणी मुद्दामा पनि अनुसन्धान केन्द्रित हुने एसपी ओलीले बताए ।

पक्राउ परेका पोखरेल घोराही १३ का वडा अध्यक्ष एवं कांग्रेस नेता डुल्लु पोखरेलका छोरा हुन् । आरोपीलाई पक्राउ नगर्न दाङ २ (क) मा कांग्रेसबाट उम्मेदवार बनेका राजु खनाल, पूर्वक्षेत्रीय सभापति भुपबहादुर डाँगी, कांग्रेसका क्षेत्रीय सभापति भीमप्रकाश खड्का, क्षेत्रीय सचिव आर के सितललगायतका कांग्रेस नेताहरुले प्रहरीलाई दबाब दिएको बताइएको छ ।

२७,आश्विन.२०७९,बिहीबार १३:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्