भीम रावलको घोषणा- पार्टी छाड्दिन, एमालेमै रहेर न्याय र स्वाधीनताको लागि संघर्ष गर्छु

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले एमालेभित्रै बसेर न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा लडिरहने घोषणा गरेका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि असन्तुष्ट रहेका नेता रावलले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीमै रहेर संघर्ष गर्ने बताएका हुन् ।

रावलसँगै टिकट नपाएका स्थायी कमिटी सदस्य घनश्याम भुसालले तत्कालै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रावलले भने आफूसँग त्यो विकल्प रहे पनि पार्टी नछाड्ने बताए ।

उनले आफ्नो अभियानमा पार्टीका कार्यकर्ताबाट साथ हुने बताए ।

२७,आश्विन.२०७९,बिहीबार १३:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्