थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकैमा बनेको क्रियापुत्री भवनमा चल्यो डोजर

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकैमा बनेको अवैध संरचनामा डोजर चलेको छ ।

काठमाडौं महानगरपालिकाले आज बिहान थापाथलीको सुकुम्बासी बस्तीनजिकै रहेको अबैध संरचनामा डोजर चलाएको हो ।

सुकुम्बासी बस्तीको अतिक्रमित घरहरु, रुद्रेश्वर मन्दिरसँगै रहेको क्रियापुत्री भवन भत्काएको महानगरपालिकाले जनाएको छ । पुजारी बस्ने घर पनि खाली गराएको छ ।

यसअघि महानगरले हिजो थापाथलीको सडकमा ठेलागाडा पनि हटाएको थियो । महानगरले कुनै विकल्प नदिई ठेलागाडा हटाएको भन्दै महानगरको विरोध हुन थालेको छ।

२८,आश्विन.२०७९,शुक्रबार १२:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्