राजु गुरुङको रिटको सुनुवाइ स्थगित

काठमाडौं । आफ्नो उम्मेदवार खारेजीविरुद्ध एकीकृत समाजवादीका राजु गुरुङले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।

रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । तर, निवेदककै कानुन व्यवसायीको आग्रहमा सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

गुरुङ रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । तर गुरुङ बैंकिङ कालो सूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।

२८,आश्विन.२०७९,शुक्रबार १३:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्