बागमती प्रदेशमा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न निर्देशन

हेटौँडा । बागमती प्रदेशको प्रदेश स्तरीय सुरक्षा समितिको बैठक हेटौँडामा सम्पन्न भएको छ । शनिबार बसेको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशभर निर्वाचन आचरसंहिताको अवस्था तथा सुरक्षा ब्यवस्थाको विषयमा सेना, प्रहरी तथा शसस्त्र प्रहरीकाका उच्च अधिकारीहरुसँग जानकारी लिएका छन् ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा भएको बैठकले प्रदेशभर शान्ति सुरक्षालाई मजवुत बनाउन तीनै सुरक्षा निकायबिच समन्वय गरेर अघि बढने निर्णय गरेको हो ।

बैठकले आसन्न निर्वाचन का लागि सुरक्षा संवेदनशीलता अनुसार निर्वाचन क्षेत्रहरुक को सुरक्षा योजना, निर्वाचन आचारसंहिताको पूर्ण पालना, प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि सबै सुरक्षा निकाय बिच समन्वयकारी संयन्त्र परिचालन गरि अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा मुख्यमन्त्री पाण्डे सहित आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनाल, नेपाली सेना मध्यपृतना हेडक्वार्टरका पृतनापति उपरथी होमनाथ दवाडी, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, सशस्त्र प्रहरी बल नं।३ गढीमाई बाहिनी लक्ष्मण सिंहको सहभागिता रहेको थियो ।

३०,आश्विन.२०७९,आईतवार ०७:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्