नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालले मोदीलाई भने, भारतीय रुपैयाँमा लक्ष्मी र गणेशको फोटो राखौं

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले देशको मुद्रा भारतीय रुपैयाँमा हिन्दुहरूका देवी-देवता लक्ष्मी र गणेशको फोटो राख्नु पर्ने बताएका छन् ।

एनडिटिभीका अनुसार बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वजनिक रूपमा सम्बोधन गर्दै आम आद्‍मी पार्टीका प्रमुखसमेत रहेका केजरीवालले भारतीय रुपैयाँका नयाँ नोटमा एकातिर महात्मा गान्धी र अर्कातिर लक्ष्मीर गणेशको फोटो राख्नुपर्ने बताएका हुन् ।

आफूले यसबारेमा प्रधानमन्त्री मोदीलाई केही दिनमा औपचारिक प्रस्ताव नै राख्ने उनले जानकारी दिएका छन्।

९,कार्तिक.२०७९,बुधबार १३:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्