खुकुरी प्रहार गरी चितवनमा एक पुरूषको हत्या

चितवन । चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ ।

शनिबार बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए।

उनको हत्या गरेको आशंकामा प्रहरीले गैंगाकोट नगरपालिका-७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ।

आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी पण्डितले बताए।

१२,कार्तिक.२०७९,शनिबार १०:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्