महानगरको लोगो बनाउनेलाई एक लाख पुरस्कार

नेपाली जनता

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा कात्तिक ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ ।

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् ।

मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनौट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

छनौटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगदले पुरस्कृत गरिनेछ । छनौट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ ।

२८,कार्तिक.२०७९,सोमबार १५:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: