रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा मतदान गरेर फर्केका दुई युवकमाथि निर्घात कुटपिट
 
                        					        								वि.सं.२०७९ मंसिर ४ आइतवार १४:५३
shares

रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ ।
मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिए ।
घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल रामेछाप उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण उनीहरुलाई काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए ।
घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।












 
						  जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर-बेच्ने पाँच जना पक्राउ
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर-बेच्ने पाँच जना पक्राउ












