काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ परेका छन्...

पुरा पढ्नुहाेस्

हेटौंडामा मोटर लगाइ ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लागेर एक जनाको मृत्यु

3.69K
shares
khanepani bord

हेटौंडा । हेटौंडा-१४ मयुरधापमा मोटर लगाइ ईनार खन्ने क्रममा अचानक विद्युत सर्ट भई करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बाँके जिल्ला पैजापुर गाउँपालिका-४ घर भई मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सनमा काम गर्ने ३० वर्षीय प्रकाश थारूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो १२:३० बजेको समयमा कन्स्ट्रक्सन क्षेत्रमा मोटर लगाई इनार खन्ने क्रममा अचानक करेन्ट लागि थारू बेहोस भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

बेहोस भएका थारूलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा दिउँसो साढे १ बजे डाक्टरले मृत घोषणा गरेको उनले जानकारी दिए ।

khanepani