कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बुधबार) पनि चार खेल हुँदै,जापानले जर्मनीको सामना गर्ने

नेपाली जनता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बुधबार) पनि चार खेल हुँदैछन् । बुधबार समूह ईका दुई र समूह एफका दुई खेल हुने छन् ।
समूह एफमा रहेका साविक उपविजेता क्रोएसिया र मोरोक्कोबीच पहिलो खेल हुनेछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे बल बायत स्टेडियममा सुरु हुनेछ । दोस्रो खेल समूह ईमा रहेका जर्मनी र जापानबीच हुनेछ । यो खेल खालिफा इन्टरनेसनल स्टेडियममा साँझ पौने ७ बजे सुरु हुनेछ ।
समूह ईमै रहेका स्पेन र कोस्टारिबीच आजको तेस्रो खेल हुनेछ । यो खेल राति पौने १० बजे सुरु हुनेछ । खेल अल थुमामा स्टेडियममा हुनेछ । समूह एफमा रहेका बेल्जियम र क्यानडाबीच मध्यराति पौने १ बजे खेल हुनेछ ।

यस खेल अहमद बिन अली स्टेडियममा हुनेछ ।

७,मंसिर.२०७९,बुधबार ०९:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: