महिला हिंसा बिरुद्धको अभियान तथा महिला सशक्तिकरणका रुपमा साइकल यात्रा

नेपाली जनता

काठमाडौँ । पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा बीबीएन पाँचौँ वर्षमा अध्ययनरत विद्यार्थीले ‘महिला हिंसा बिरुद्ध जनचेतना अभियान’ अन्र्तगत तेस्रो साइकल यात्रा गर्ने भएका छन् । सो क्याम्पसका विद्यार्थीले सन् २०२० देखि महिला हिंसा बिरुद्धको अभियान तथा महिला सशक्तिकरणका रुपमा साइकल यात्रा गर्दै आएका छन् ।

साइकल यात्राका संयोजक उपप्राध्यापक योगेन्द्र मान सिंह बस्न्यातका अनुसार मङ्सिर १० गते विहान पद्मकन्या क्याम्पसबाट सुरु गरिने साइकल यात्रा कमलादी, पुल्चोक, मङ्गलबजार, त्रिपुरेश्वरहुँदै बसन्तपुर भएर करिव १५ किलोमिटर यात्रासहित पद्मकन्या क्याम्पसमा पुगेर समापन हुने छ । सो अवसरमा क्याम्पसका विद्यार्थीले साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको जनाइएको छ ।

क्याम्पसका छात्रासहित साइकल यात्रामा करिव दुई सय जनाको सहभागिता रहने अपेक्षा आयोजकको छ । यात्रामा सहभागिताका लागि विद्यार्थीलाई तीन सय, १५ वर्ष मुनीकालाई निःशुल्क र अन्यलाई चार सय रुपिया शुल्क राखिएको संयोजक बस्न्यातले जानकारी दिए । सहभागीलाई विहानीको खानासहित टिशर्ट र प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।

७,मंसिर.२०७९,बुधबार ११:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: