सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले झिनो मतको अग्रता

नेपाली जनता

सुनसरी । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले झिनो मतको अग्रता बनाएका छन् ।

सुरुवातदेखि नै अग्रता बनाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापालाई आचार्यले १५९ मतले पछि पारेका छन् ।

उनले ११ हजार ६२ मत ल्याउँदा थापाले १० हजार ९०३ मत पाएका छन् । नेपाली कांग्रेसका सीताराम मेहता ८ हजार ४०३ मतका साथ तेस्रो स्थानमा छन् ।

८,मंसिर.२०७९,बिहीबार १५:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: