काठमाडौं । बर्दिया-२ को प्रदेशसभा (२) बाट नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी निर्वाचित भएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका केन्द्रका मानबहादुर थारुलाई ९ हजार १ सय ४३ मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् ।
धर्मबहादुर चौधरीले २० हजार १२७ मत ल्याउँदा माओवादीका मानबहादुर थारुले १० हजार ९८४ मत ल्याए ।
नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का धर्मराज शाहले ३ हजार १३३ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्