जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

अमेरिकामा दुर्घटनामा परी झापाका सिटौला घाइते, काठमाडौंका चालक दुलाल आए भागेर नेपाल

5.79K
shares
khanepani bord

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा बस्दैआएका बिर्तामोड नगरपालिका वडा नम्बर १ का अनिल सिटौला दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् ।

नेपालबाट अमेरिका घुम्न गएका काठमाडौको हरीसिद्धि नमुना टोल बस्ने माधव दुलालले चलाएको गाडीले ठक्कर दिँदा सिटौला घाइते भएका हुन् । अमेरिकाको डोराडो डिष्टिकको पाइलट इलमा खाना बनाइरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो।

२१ अक्टोबर देखि सिटौला स्थानीय सेन्ट लेन्डरो हस्पिटलमा उपचाररत रहेका छन् । सिटौला कि श्रीमती पिंकी जोशीका अनुसार छाति र खुट्टामा गम्भीर चोट लागेको छ। घाइते सिटौलाको आइसियुमा राखेर उपचार भइरहेको छ।

ठक्कर दिने चालक दुलाल भने अमेरिकाबाटै फरार भएका छन्। उनी भागेर नेपाल आएको हुन सक्ने घाइतेका दाजु मधुर सिटौलाले बताएका छन्। फरार चालकलाई अमेरिकामा रहेका उनका आफन्तले भगाएको हुन सक्ने घाइतेका आफन्तले बताएका छन्।

घाइतेका आफन्तले नेपाल प्रहरी समक्ष निवेदन समेत दिएका छन्। उनीहरुले घाइतेको उपचार हुनुपर्ने र कमाई गर्ने एक मात्र सिटौला घाइते भएपछि उनको तीन जनाको परिवार अमेरिकामा बिचल्लीमा परेको बताएका छन्।

अमेरिकामा समेत उनीहरुले उजुरी गर्ने तयारी गरिरहेको बुझिएको छ। अमेरिकामा कडा कारबाहीमा पर्ने थाहा पाएपछि दुलाल भागेको हुन सक्ने अनुमान गरिएको छ । घाइते सिटौलाका परिवारले उनलाई पक्राउ गरी कडा कारवाही गरी उपचार र क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

khanepani