काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालीरहेको बताएका छन् । पूर्ण नतिजा आएपछि एउटा निर्णयमा पुग्ने उनको भनाइ छ ।
नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको बेला लामिछानेले सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालीरहेका छौं । निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौं ।’
पार्टी स्थापनाको केही महिनामै प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाला कि नजाला भन्ने चासो छ ।
यसै सन्दर्भमा उनले सामाजिक सन्जालमा थप लेखेका छन्, ‘हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौं ।’
प्रतिक्रिया दिनुहोस्