काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । उनीहरुले मंगलबार बिहान विमानस्थलको आगमन गेट अगाडि प्रदर्शन गरेका छन् ।
विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् ।
पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले एकैचोटी ८० रुपैयाँ पुर्याइएको र १०० रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु गेट अगाडि नै बसेर प्रदर्शन गरेका छन् । प्रदर्शनको नेतृत्व जिफन्टसँग आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्