देशले खोज्यो शक्तिशाली प्रधानमन्त्री

संसदीय शासनको बेस्ट मिनिस्टर मोडलमा संसद शक्तिशालि हुन्छ । किनकि प्रधानमन्त्रीको आयु संसदको समर्थनमा रहन्छ । संसदीय अभ्यासमा संसदलाई प्रधानमन्त्रीको भय हुँदैन । तर प्रधानमन्त्री संसद माथि शंका र भयमा रहन्छन । किनकि संसदले राष्ट्रपती, प्रधानमन्त्रीको कार्यकारी अधिकार सधैंभरी आफूभित्र अधिग्रहण गरिराख्छ । संसदको अंकगणितीय खेलमा कार्यकारी शक्ति कमजोर हुन्छ भन्ने संसदलाई थाहा हुन्छ । तर यही खेलमा सँसदले प्रधानमन्त्रीलाई शक्तिशालि र कमजोर बनाइ राख्छ । प्रधानमन्त्री बलियो हुन संसद र संसदीय अभ्यास परिपक्क र प्रजातान्त्रिक हुनुपर्छ । हाम्रो देशमा राजनीति दन्दको प्रभाव प्रत्यक्षरुपमा सरकार निर्माणमा पर्दैछ । जसले गर्दा कार्यकारी प्रमुख बलियो र शक्तिशाली बन्न सकेक छैनन । जसको उदाहरण पाकिस्थान र दक्षिण अफ्रिकी मुलुकका संसदीय अभ्यास भएका देशमा देख्न सकिन्छ । त्यहाँका शासनका सर्वोच्च पदहरूले पदको मर्यादा र न्याय दिन सकेका छैनन् ।

यहाँ शक्तिशालीको अर्थ निरंकुश होइन । शक्तिशाली प्रधानमन्त्री त्यो हो जो दूरदर्शी, नीतिगत स्पष्टता, कानूनी र निष्पक्ष हुन्छ । अल्पमत र बहुमत जे भएपनि संसद र सरकारको नीतिमा एकरूपता ल्याउने र विश्वास प्राप्त गर्ने व्यक्तित्व अहिले हाम्रो अर्थमा शक्तिशाली प्रधानमन्त्रीको खोजी हो । शक्तिशाली प्रधानमन्त्री बिना सुशासन कायम हुन सक्दैन । भ्रष्टाचारम नियन्त्रण हुँदैन हुनसक्तैन । जबसम्म प्रधानमन्त्री शक्तिशाली हुँदैनन् आफ्नो डम्फु आफ्नै ताल देखिएकै हो ।

विगत ३० वर्षदेखि हाम्रा सरकार दुई वर्ष सम्म पनि टिकेका छैनन् । हाम्रोमा प्रधानमन्त्रीय पद्धति कमजोर हुँदै गएको छ । जुन भारतको संसदीय अभ्यासमा देखिँदैन । युरोपमा प्रधानमन्त्रीको सम्बन्ध क्याबिनेट र संसद बाहेक राज्यका तल्लो अङ्ग सम्म कमै पुग्छ । माइक्रो मेनेजमेन्टमा प्रधानमन्त्रीले खासै रुचि राख्दैनन् । नेपालमा नियुक्तिदेखि पजनि सम्म सर्वोच्च कार्यकारी पदको दुरुपयोग भएको देखिन्छ । यही चक्रव्यूहमा प्रधानमन्त्रीको पद कमजोर हुनमा शासनका सबै अङ्ग अन्तर सम्बन्धित देखिन्छन् । नेपालमा प्रणालीले होइन यसभित्रको स्वार्थले कार्यकारी अंगहरुलाई कमजोर बनाएको छ ।

न्यायालयलाई संसदको पीर छ । सरकार आफ्नो काममा भन्दा न्यायालयको फैसलामा रमाउँछ । संसद आफ्नो शक्ति र अधिकारमा होइन‌ सरकारको नेतृत्व र कार्यकारी पदमा सांसदहरु बढि खुसी हुन्छन ।

विगत वर्षमा हामीले रोजेको अभ्यास शक्तिशालि प्रधानमन्त्री कै हो । संसदबाट शक्तिशालि प्रधानमन्त्री बनाउने थुप्रै अभ्यास भए । तर किन प्रधानमन्त्री बलियो हुन सकेनन् । र अहिलेको चुनावबाट हामी फेरिपनि शक्तिशालि प्रधानमन्त्रीको सम्भावित नाम खोज्दैछौ । हामीले दरो मियो बिनाको दाइ धेरै देख्याौ र भोगी सकेका छौं । नेपालको संविधान २०७२ ले स्थीर र शक्तिशाली प्रधानमन्त्रीको परिकल्पना गरेको छ । त्यसैले सुरुका दुई वर्षमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइदैन । तर यही दुई वर्षभित्र प्रधानमन्त्री मात्र बाँकी रहन्छन् । बाँकी रहेका मन्त्रीहरुको कैयौंपटक फेरबदल भएको उदाहरण बिगत ५ बर्षमा देखिसकेका छौ। अहिलेको चुनावी परिणामको समीकरणले स्थिर सरकार पाइयला त रुयो संसदीय अभ्यासले नै देखाउला । तर अल्पमत, बहुमतको खेलमा सरकार निर्माण न अल्मलिएला भन्नसक्ने अवस्था छैन । यो अवस्थामा संसदले फेरी पनि शक्तिशाली प्रधानमन्त्री दिनसक्छ ?

प्रधानमन्त्रीको बल सँसद हो । नर्वेको बिगतको चुनावमा अल्पमतको दललाई सरकार बनाउन बहुमत दलले समर्थन दियो । नेल्सन मण्डेलाले साउथ अफ्रिकामा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाए । विपक्षी दललाई बहुमत दल भन्दा बढी सम्मान दिए । कुनै राजनीतिक नियुक्तिमा उनले हस्तक्षेप गरेनन् । संसदीय उत्कृष्ट अभ्यासको नमुना उनले देखाए । तर नेपालमा सरकारमा पुगेर सुविधा लिने पर्यायको रुपमा राजनीति गरिन्छ । राजनिती व्यवसायको रूपमा हुर्किदै छ भन्ने कुरा चुनावको खर्च बाटै थाहा हुन्छ । जबसम्म राजनीति र सरकार सुविधा र स्वार्थमा जोडिन्छन् । तबसम्म हाम्रो देशमा प्रधानमन्त्री शक्तिशाली हुन सक्तैनन् ।

के हामी शक्तिशाली कार्यकारी प्रमुख चाहन्छौं ? यो जटिल प्रश्न हो । शक्तिशाली कार्यकारी जुनसुकै ठाउँको किन नहोस ,त्यो कानूनी स्वार्थरहित र कर्म प्रेमी हुन सक्छ । हामीले यो चाहेका छौं ? प्रधानमन्त्री, मन्त्री, सचिव, विभागिय प्रमुख जोसुकै हामीले इमान्दार चाहेका छौं ? यदि ती पद इमान्दार भए भने व्यापारको नाफा कम हुनसक्छ । कर्मचारीका अवसर गुम्न सक्छन् । यी पदहरू रुखा सुखा बन्नसक्छन् । चाकरी चाप्लुसी समाप्त हुन सक्छ । हाम्रो समाज, राजनीति, कर्मचारीतन्त्र, व्यापारी, व्यवसायी वर्गले इमान्दार र स्वार्थरहित कार्यकारी पदलाई स्वागत गर्लान ? किनकि हामी कानुन ,नीति नियम भन्दा बाहिर सुविधा र नाफा खोज्न पल्कि सकेका छौं । त्यसैले हामीलाई इमान्दारहरु सँग डर लाग्छ । हामीलाई शासनको सम्बन्ध र स्वार्थ गुम्ला भन्ने पीर छ । अहिले केही ठूला नेताले हारेका छन् । तिनीहरूको वरिपरी घुम्नेहरूको अहिले बेहाल छ । यिनीहरु जितेका सम्भाव्य शक्तिशालीको पछि सम्बन्ध बनाउन अहिले तल्लीन छन् । यिनीहरु नै हुन् जसले कहिल्यै पनि प्रधानमन्त्रीलाई शक्तिशाली बन्न दिएनन् । जबसम्म यो रिङ्ग बलियो हुन्छ । प्रधानमन्त्री शक्तिशाली बन्न सक्तैनन् ।त्यसैले हामीलाई घेरिएको होइन आफ्नै परिधी बनाउन सक्ने प्रधानमन्त्री चाहिएको छ ।

संसदीय शासन प्रणालीमा शक्ति पृथकीकरण र सन्तुलन प्रधानमन्त्रीलाई बलियो बनाउने मुख्य शस्त्र हुन् । नेपालको संविधान २०७२ यस विषयमा स्पष्ट छ । तर हाम्रा कार्यकारी पदहरु आफ्नो भन्दा अर्काको काम बढी रुचाउँछन् । न्यायालयलाई संसदको पीर छ । सरकार आफ्नो काममा भन्दा न्यायालयको फैसलामा रमाउँछ । संसद आफ्नो शक्ति र अधिकारमा होइन‌ सरकारको नेतृत्व र कार्यकारी पदमा सांसदहरु बढि खुसी हुन्छन । बोल्दा र व्यवहार गर्दा एकअर्काको हस्तक्षेप कति छ ? ख्यालै गर्दैनन् । यसबाट कार्यकारी पद कति आलोचित छन् यो कुरा उनीहरूलाई थाहा नहोला । जनताले मूल्यांकन गरिराखेका हुन्छन् ।

विगत ३० वर्षदेखि हाम्रा सरकार दुई वर्ष सम्म पनि टिकेका छैनन् । हाम्रोमा प्रधानमन्त्रीय पद्धति कमजोर हुँदै गएको छ । जुन भारतको संसदीय अभ्यासमा देखिँदैन ।

शक्ति सन्तुलन र पृथकीकरणले अमेरिका बन्यो । युरोप बन्यो । बेलायत बन्यो । हाम्रो संवैधानिक अभ्यासलाई विगत चार दशकसम्म राजनीतिकरण गरियो । संवैधानिक पदमा राजनीतिक हस्तक्षेप र नियुक्ति बढ्यो । यसले सर्वोच्च कार्यकारी पदलाई झन् कमजोर बनाउँदैछ । मंसिर ४ को चुनावको संसदको गणितीय संख्याले हाम्रा संसदीय अभ्यासका विकृति हटाउला ? दल राजनीतिक र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संसद्बाट असल र शक्तिशाली प्रधानमन्त्री नियुक्ति होलान् । ताजा जनमतले अहिले यही अपेक्षा गरेको छ । यो कत्तिको सम्भव, असम्भव छ । परिवर्तन चाहने जनप्रतिनिधिहरूको लागि विचार योग्य कुरा हो ।

१३,मंसिर.२०७९,मंगलवार १०:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्