काठमाडौं ५ बाट निर्वाचित नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले एजेन्डा कार्यान्वयन गर्न थाले छलफल

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँग छलफल गरेका छन् ।

सबैको साझा प्रयासले मात्रै सबै एजेन्डाहरू कार्यान्वयन गर्न सम्भव हुने भएकाले उनले आफ्ना प्रतिस्पर्धीसँग छलफल गरेका हुन् ।

आफ्ना प्रतिस्पर्धीसँग भेटेपछि उनले फेसबुकमा लेखेका छन्, ‘यस क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उमेदवारसँग छलफल कार्यक्रम सुरु गरेको छु ।’

निर्वाचनको दौरानमा प्रस्तुत भएका प्रतिबद्धता, एजेण्डालाई सबैको साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

उनले जनताको समस्या बुझ्न ‘गुनासो एप’लाई थप सुविधासहित सञ्चालनमा ल्याउने उद्घोषसमेत गरेका छन् ।

१४,मंसिर.२०७९,बुधबार ११:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्