स्रोत नखुलेको ११ लाख ३८ हजार रुपैयाँसहित दुई जना पक्राउ

जनकपुरधाम । रौतहटको गौरबाट सशस्त्र प्रहरीले स्रोत खुलाउन नसकेको ११ लाख बढी रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको गढीमाई ४ सङग्रामपुरका २९ बर्षीय राजुकुमार यादब र वडा ९ बरियारपुरका ३३ वर्षीय राजेशकुमार यादब छन् । उनीहरुबाट ११ लाख ३९ हजार ८ सय रुपैया बरामद भएको छ ।

सशस्त्र प्रहरी निरीक्षक शंकर बहादुर थापाको नेतृत्वको टोलीले बुधवार चेकजाँच गर्ने क्रममा गौरको बरहबा पुलबाट उनी दुबै जनालाई पक्राउ गरेको हो । उनका अनुसार उनीहरु मोटरसाइकल चढेर भारतबाट आउँदै थिए ।

बरामद रुपैया, मोटरसाइकल र उनी दुबै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरलाई बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक शेखर दवाडीले जानकारी दिए ।

१५,मंसिर.२०७९,बिहीबार ०८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्