काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, अनुसन्धान अधिकृत भएर दाँदागिर गरेर भ्रष्टाचार र अनियमितता...

पुरा पढ्नुहाेस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान हुँदै, आज दिनभर उडान प्रभावित

4.58K
shares
khanepani bord

काठमाडौ । काठमाडौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बिहीबार) क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ। थाइल्याण्डको एरो थाइ कम्पनीको जहाजले विमानस्थलमा आज दिनभर क्यालिब्रेसन उडान गर्ने विमानस्थल कार्यालयले जनाएको छ।

एरो थाइले ११ बजेबाट क्यालिब्रेसन उडान सुरू गरेको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार यो उडान बेलुका ५ बजेसम्म हुनेछ।

क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडित उपकरणले काम गरे नगरेको विषयमा परीक्षण गर्नेछ।

यसअवधिमा हुने अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान प्रभावित हुने उनले बताए। ‘क्यालिब्रेसन उडान सुरू भएकाले टिआइबाट हुने आजको उडानमा केही ढिलाइ हुनेछ’ उनले भने, ‘यसका लागि विमानस्थलले सम्बन्धित वायुसेवाहरूलाई पहिले नै खबर गरिसकेका छौं।’

IME
khanepani