काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

प्रचण्डको सचिवालयले भन्यो, ‘बधाई तथा शुभकामना दिन उनको निवास खुमलटार नआउनू’

4.8K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बधाई तथा शुभकामना दिन उनको निवास खुमलटारमा नआउन भनेको छ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बधाईका नाममा हुने भड्किलो खर्च रोक्न यस्तो गरिएको बताए।

‘एकातिर उत्साह हुने परिणाम आएको छैन। अर्कातिर भड्किलो खर्चसमेत भएको छ,’ उनले भने,’दैनिक काममा समेत असर पर्ने भएपछि हामीले बधाई दिनको लागि नआउन भनेको हो।’

प्रचण्ड गोरखा क्षेत्र नं २बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। माओवादी केन्द्रले भने अहिलेसम्म १७ स्थानमा जिते हात पारेको छ। दोलखाको जारी मतगणनामा उसका उम्मेदवार अग्रता छ।

IME
khanepani