काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको...

पुरा पढ्नुहाेस्

सुकुमबासी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन

3.81K
shares
khanepani bord

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले सुकुमबासी बस्तीबारे चासो राखेका छन् ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती नदी, सहायक नदी तथा उप सहायक नदी करिडोर खाली गराउन लागिरहेको बेला मन्त्री चौधरीले यस प्रक्रियामा सम्बद्ध निकायका प्रतिनिधिसँग छलफल गरेका हुन् ।

दुई दिनअघि मन्त्री चौधरी सुकुमबासीका लागि इचंगुनारायणमा बनाइएको सरकारी भवन निरीक्षण गरेका थिए ।

असली सुकुमबासीको पहिचान, तीनका जिविकोपार्जनका उपायलगायतका समस्या समाधानका लागि मन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

बैठकले आफ्नो कार्यक्षेत्रभित्र पर्ने कार्यलाई सरोकारवाला सबै निकायले प्राथमिकताका साथ तत्काल कारबाही अगाडि बढाउने, सुकुमबासी राख्न बनाइएका संरचनालाई मर्मत सम्भार गर्नुपर्ने भए तत्काल बस्नयोग्य बनाउने, अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले सरोकारवालासँग समन्वय गरेर काम गर्ने लगायतका निर्णय गरेको छ ।

नदी किनारका अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं सदस्य रहेका छन् ।

khanepani