
नयाँ दिल्ली। बंगलादेशविरुद्धको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत एक सय ८६ रनमा अलआउट भएको छ।
टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको भारतले ४१ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ८६ रन जोड्यो। भारतलाई सस्तोमा समेट्न बंगलादेशका सकिब अल हसन एक्लैले ५ विकेट लिए। एबाटन होसेनले पनि ४ विकेट लिए। भारतका केएल राहुलले ७३ रन जोडे।
४ विकेट गुमाएर एक सय ५२ रन जोडेको अवस्थामा भारतले चार रनका लागि पछिल्ला चार विकेट गुमाएको थियो। भारतका केएल राहुल रनमा खेल्दैछन्। रोहित शर्माले २७, श्रेयस अयरले २४ र वासिङ्टन सुन्दरले १९ रन बनाए।
शिखर धवन ७ र विराट कोहली ९ रनमा आउट भए। सकिबले सुन्दरलाई पाचौँ विकेटका रुपमा आउट गरेपछि भारत संकटमा पर्न थालेको थियो। सकिबले १० ओभरमा २ मेडन राखेर ३६ रन खर्चिए। एबाटनले ८.२ ओभरमा ४७ रन खर्चिए।
१८,मंसिर.२०७९,आईतवार १४:५७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्