शुक्रबार २३ गतेबाट राजधानी बासीहरुका घरका धारामा मेलम्चीको पानी

काठमाडौ । मेलम्चीको पानी सुन्दरीजल आईपुगेको छ । शुक्रबार २३ गतेबाट राजधानी बासीहरुका घरका धारामा आउने भएको हो । सुरूङमा पथान्तरण गरिएको एक हप्ता पछि मेलम्चीको पानी सुन्दरीजल आईपुगेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमल राज श्रेष्ठले जानकारी गराएका छन । वर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी गत सोमबार पुनः सुरूङमा पथान्तरण गरिएको थियो ।

कार्यकारी निर्देशक श्रेष्ठले मेलम्चीको पानी सुन्दरीजल आईपुगेको जानकारी गराउँदै फेसबुकमा लेखेका छन, ‘निर्धारित समयमा नै वितरणको लागि पठाइनेछ। अव दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ।’

कार्यकारी निर्देशक श्रेष्ठले मेलम्चीको पानी काठमाडौ उपत्यकामा बाह्रै महिना वितरणका लागि आवश्यक प्रक्रिया तत्काल कार्यान्वयनको लागि अगाडि बढिरहेको समेत जानकारी गराएका छन । ‘वाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्वन्धमा पनि तत्काल कार्यान्वयनको लागि प्रकृया अगाडि वढि रहेको छ।’ उनले लेखेका छन ।

वि. सं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्‍याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तेस्रो सातासम्म काठमाडौमा पानी वितरण गरिएको थियो ।

२०,मंसिर.२०७९,मंगलवार १७:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्