काठमाडौं । नेपाल बार एशोशिएशन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च प्रवेश गर्न नदिने भएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले संसद सचिवालयले राणालाई दिएको पत्रमाथि प्रश्न उठाएका छन् ।
संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने मनस्थितिमा छन् । यस विषयमा निर्णय लिन बारको आकस्मिक बैठक अहिले जारी छ ।
बारको वैठक चलिरहँदा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशमाथिको महाअभियोग निष्क्रिय हुन नसक्ने बताए ।
उनले भने, ‘सभामुखले अर्को प्रतिनिधिसभामा पेश गर्ने भनेको प्रस्तावलाई कर्मचारीले निष्क्रिय तुल्याउन सक्दैनन् । राणालाई संसदका महासचिवले दिएको पत्र गलत छ । त्यस्तो पत्रका आधारमा हामी उनलाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं ।’
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि अब आउने प्रतिनिधिसभाले महाअभियोगको काम-कारबाही अघि बढाउने बताए ।
प्रतिक्रिया दिनुहोस्