सर्वोच्च अदालतलाई संसदका महासचिव गौतमको जवाफ-‘सबै उत्तर इजलासमै पेस गर्छुु’

काठमाडौँ । संघीय संसदका महासचिव भरतराज गौतमले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफी पत्र पठाएका छन् ।

पूर्ण इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले उक्त जवाफसँगै प्रशासनको पत्रको जवाफ पनि दिने गौतमले बताएका छन् । ‘सोही विषयमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेकाले पूर्ण इजलासको प्रश्नको रेस्पोन्स गरेको हुँ । यसको जवाफ कारण देखाऊ आदेशको जवाफसँगै दिने तयारीमा छु,।’ आइतबार गौतमले सर्वोच्च प्रशासनलाई पत्र पठाएपछि यस्तो प्रतिक्रिया दिएका हुन ।

गौतमले गत बुधबार सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले सोधेका प्रश्नको आइतबार पत्र पठाउँदै “रेस्पोन्स” गरेका हुन् । महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चलाई पत्र पठाएपछि संवैधानिक इजलासले उनीमाथि कारण देखाऊ आदेश जारी गरेको थियो ।

२५,मंसिर.२०७९,आईतवार १६:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्