काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने...

पुरा पढ्नुहाेस्

सरकार गठनको लागि नेपाली कांग्रेसको संसदीय दलको चुनावपछि पावर सेरिङः माधव नेपाल

4.47K
shares
khanepani bord

काठमाडौ । प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले पेश गरेको सूची सदर हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार सबै दलले पठाएको सूचीमा कुनै पनि सच्याउनुपर्ने अवस्था छैन । प्रदेशसभातर्फ केही सच्याउनुपर्ने भएकाले दलहरुलाई आज (सोमवार) दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।

आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार दलहरुले संशोधित सूची पेश गरेपछि समानुपातिकका उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गरिने छ । यो सबै प्रक्रिया पुरा गरेर ढिलोमा २९ मंसिरमा राष्ट्रपतिसमक्ष अन्तिम निर्वाचन परिणाम पेश गर्ने निर्वाचन आयोगको तयारी छ ।

तर नयाँ सरकार गठनका लागि अझै केही दिन लाग्ने छ । २०७४ मा निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएकै दिन केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । सांसदको सपथ नलिई प्रधानमन्त्री भएको भन्दै उनको आलोचना समेत भएको थियो । यो पटक प्रक्रियासम्वत रुपमा जाने नेताहरु बताउछँन् ।

त्यसमाथि कांग्रेस संसदीय दलको निर्वाचन गरेपछि मात्र शक्ति बाँडफाँट गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव छ । त्यसमा गठबन्धनका दलहरु सहमत भएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेका छन्, ‘कांग्रेस संसदीय दलको नेता टुंगो लागोस्, त्यसपछि (पावर शेयरिङको) विषयमा प्रवेश गरौंला भन्ने सहमति भएको छ ।’

कांग्रेस नेताहरुका अनुसार निर्णय त भइसकेको छैन, तर संसदीय दलको नेता चुन्न पुस दोस्रो साता निर्वाचन हुने सम्भावना छ । किनकी निर्वाचन आयोगले जुन दिन राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउँछ, त्यही दिन सांसदहरुको विवरण संसद सचिवालयमा पठाउँछ । त्यसपछि संसद सचिवालयले जेष्ठ सदस्यको टुंगो गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा पठाउने छ ।

जेष्ठ सदस्यले राष्ट्रपतिसँग सपथ लिएपछि अरु सांसदहरुलाई सपथ दिलाउने छन् । संसद सचिवालयका अधिकारीहरुका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जुन दिनका लागि संसद अधिवेशन आहृवान गर्छिन्, त्यसको एकदुई दिनअघि सांसदहरुको सपथ गराइनेछ ।

प्रतिनिधि सभा सदस्यहरुले सपथ लिएपछि बल्ल कांग्रेस संसदीय दलको बैठक बस्ने बाटो खुल्ने छ ।

कांग्रेसले दलको नेता छनोटका लागि प्रतिनिधि खटाउँछ र दलको कार्यालयले उम्मेदवारी दर्ता, मतदानको कार्यक्रम तय गर्छ । कांग्रेसमा दलको नेतामा सर्वसम्मत भएपनि उम्मेदवारी दर्ता लगायतको प्रक्रिया पुरा गर्नुपर्छ । यो पटक सभापति देउवासँगै महामन्त्री गगनकुमार थापाले दलको नेताका लागि दावेदार छन् । कांग्रेसका एक सांसद भन्छन्, ‘पुस मध्यसम्म संसदीय दलको नेता चयन भइसक्ला । त्यसपछि सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।’

गठबन्धनमा आवद्ध पाँच दलसँग १३४ सांसद छन् । ६ सांसद भएको जनमत पार्टी, ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टीका साथै प्रभु साह, स्वतन्त्र सांसदहरुको समर्थन जुटाउने नेताहरुको प्रयास छ । संसदमा बहुमत जुटाउनुभन्दा शक्ति बाँडफाँट चुनौतीपूर्ण देखिएको गठबन्धनका नेताहरु बताउँछन् ।

IME
khanepani