केपी ओलीसँग भलाकुसारी गर्न बालकोट पुगे कांग्रेस नेता अर्जुननरसिंह केसी
वि.सं.२०७९ मंसिर २६ सोमवार ०८:५९
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष ओलीले नेता केसीसँग भेट गर्ने इच्छागरेपछि उनी आइतबार साँझ बालकोट पुगेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको हो ।
जनजीविकाका सवालमा उठेका विषयको सामूहिकरुपमा समाधान गर्ने प्रतिबद्धतासँगै नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा पनि छलफल भएको बालकोट स्रोतले जानकारी दिएको छ ।
























