धनुषा-४ का कांग्रेस उम्मेदवार यादवले पुनः मतगणना माग गर्दै सर्वोच्चमा हाले रिट

काठमाडौं । धनुषा-४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनस् मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।

तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।

२८,मंसिर.२०७९,बुधबार १५:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्