खानेपानी मन्त्री चौधरीको उठाउने धन्दाले मातहतका कर्मचारीहरु हैरान, कतिपयहरुलाई सरुवा धम्की

काठमाडौ । मन्त्री पद खुस्की सक्दासमेत पैसाको बार्गेङमा लिप्त खानेपानी मन्त्री उमाकान्त चौथरीले नेपाली कांग्रेसको हुर्मत लिएका छन ।
उनले खानेपानी मन्त्रालय अन्तरगतका कार्यलयहरुका प्रमुखदेखि इन्जिनियरसम्मलाई पार्टीको रवाफ देखाए आर्थिक आर्जन गर्न खोजेको समाचार प्राप्त भएको छ । उनले आफु चुनाव हारेपनि विना सांसदको पनि मन्त्री हुन पाइन्छ । “म विना सांसद पनि पुनः यहि मन्त्रालयमा मन्त्री हुन्छु सहयोग गर्ने भए गर हैन भने पदबाट हटाइदिन्छु वा सरुवा गरिदिन्छु” जस्ता शब्द प्रयोग गरेर मातहतका अधिकारीहरुलाई हैरान बनाउन थालेको समाचार प्राप्त भएको छ ।

खानेपानी मन्त्री चौधरी यहि मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रनिनिधिसभाको सदस्य पदमा उम्मेदवारी दिएका थिए तर, उनलाई जनताले अनुमोदन गरेनन । उनी चुनावमा पराजित भएका छन । चुनावमा पराजित भएपनि उनी मन्त्रीमा कायम नै छन । उनले खानेपानी मन्त्रालय मातहतका आयोजना र योजनाका प्रमुखहरु, विभागका महानिर्देशक, उपमहानिर्देशकहरु, संस्थानका महाप्रबन्धक, वोर्ड लगायत मातहतका कर्मचारीहरुसँग अनेक वहाना बनाउर्दै दुःख दिन थालेको समाचार प्राप्त भएको छ ।

उनी नेपाली कांग्रेसको सहमहामन्त्री पनि हुन । यहि सहमहामन्त्री भएको तुजुक उनीसँग चुनाव हारेपनि कायम रहेको देखिएको छ । पैसाको लागि जे जस्ता काम पनि गर्न सक्ने चौधरीले अमुक व्यक्तिहरुलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सिइओ अर्थात मुख्य कार्यकारी अधिकृत बनाइदिन्छु भनेर रात विहान दुःख दिएर हैरान पारेको समाचार छ । उनको पद मुस्कीलले अब केहिदिन बाकी छ । यहि समयमा पनि उनी अस्वभाविक चलखेलमा लागेको बुझिएको छ ।

उनले आयोजनाको प्रमुख बनाइदिन्छु । यति पैसा चाहिन्छ उति पैसा चाहिन्छ भनेर हैरान बनाउन थालेको बुझिएको छ । कार्यरतहरुलाई फलनाले त्यहि पठाइदिनु भनेर आएको आकै छ । बालुवाटारबाट पनि प्रेसर छ जस्ता मनगणन्ते कुरा गरेर दुःख दिने गरेको खानेपानी मन्त्रालयले स्रोतले दावी गरेको छ ।
मन्त्रालयका सचिव र अन्य पदाधिकारीहरुलाई पनि अनावश्यक दुःख दिनेगरेको बुझिएको छ ।।

४,पुष.२०७९,सोमबार १६:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्