काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कार्कीलाई चुनौतीको पहाडमा हिरा बनाएर देखाउने सुर्वणमौका

पानी बिना जीवन कल्पाना पनि गर्न सकिर्दैन । पानी विनाको भुमी मरुभूमी हुन्छ । जहाँ कुनै पनि जीव बाच्न सक्दैन । झारपात र बोट विरुवाको पनि कल्पना बाच्ने कल्पना गर्न सकिदैन । त्यसैले हरेक जीवका लागि पानी अति आवश्यक बस्तु हो ।

यहि पानीको लागि मानिसहरुको लडाई झगडा समेत हुन्छ । पृथ्वीमा पानी बिना चेतनाशिल र अर्थ चेतनशिल कुनै बस्तु बाच्न र हुर्कन सक्ने अवस्था छैन ।
यहि बाच्नका लागि, पिउने पानीमा खोज्दै विश्व भौतारी रहेको छ । नेपाल पानीको लागि स्वर्ग भूमी हो । तर, आज पानीको स्वर्गमा मानिस पानी नपाएर छट्पटाउने अवस्था आउन लागि सकेको छ । बहुप्रतिक्षीत मेलम्चीको पानी राजधानीवासीले पीउने अवसर त पाएका छन । तर, यसको निरन्तरता हुने कुरामा शंका गर्ने आधारहरु धेरै निर्माण भएका छन ।

मेलम्चीको पानीको सपना देखाउने नेपाली कांग्रेसका सन्त नेताकृष्ण प्रसाद भट्टराइको देहवासन भइसकेको छ । सायद उनले मेलम्ची खोलाको पानी काठमाडौंका जनतालाई ल्याएर खुवाउने महत्वकाक्षी सपना नदेखेको भए सायद आज काठमाडौं उपत्यका बासी पानीको एउटा डर लाग्दो अवस्थामा पुगिसकेको हुने थियो । अर्थात पानीकै कारण राजधानीको भविष्यमा माथि प्रश्न उठाउने अवस्था आउने थियो । यो मेलम्चीको पानी राजधानी ल्याउने सपना देख्ने सन्त नेता भट्टराईको सपना त साकार भयो तर, यसलाई जीवन्त कसरी दिने भन्नेमा नेपाली कांग्रेसका दोस्रो बरियताका नेताहरुमा यो चेत पलाउनु आवश्यक छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री खानेपानी मन्त्री उमाकान्त चौधरीले भट्टराईको अर्धकदको शालिक सुन्तरीजलमा निर्माण गर्न शिलान्यास त गरेका छन । तर, यसलाई सर्वपक्ष सबै राजनितिक शक्तिहरुले समेत अबनतत्व हुने गरि शालिकको शिलान्यस गरेको देखिएन । मन्त्रीले अब पदबाट विदा हुने समयमा मैले यस्तो गरे उस्तो गरे भनेर भाषाण गर्न एउटा वायोडाटा मात्र थप गरेको अनुभुती भएको पाइएको छ ।

जे होस सपना देखाउने मानिसको सपना पुरा भएको छ । सपना देख्नेको शालिक शिलान्यस हुनु एउटा सुख पक्ष हो । यसलाई जो सुकै मन्त्री भएपनि शालिक निर्माण गरेर अनावरण होस । शालिक निर्माण र अनावरणले मात्र राजधानी बासीले पानी पीउन पाउने होइनन । यसलाई हिउँदमा मात्र हैन बर्षादको समयमा पनि कसरी ल्याउन सकिन्छ भनेर लाग्नु र सधैलाई पानीको त्रास अन्त हुनु नै सन्त नेता भट्टराई प्रति न्याय हुन सक्छ ।

खानेपानी मन्त्रालयको मन्त्री हुने, यहि पानीमा भ्रष्टाचार गरेर अकुत कमाउन खोज्ने उमाकान्त चौधरी जस्ता मन्त्री बनाउदै जाने हो भने राजधानीमा खानेपानीको हाहाकार कहिल्यै अन्त हुदैन । त्यसैले सरकार बनाउने पार्टीहरुले खानेपानी मन्त्री नियुक्ती गर्दा अब सोच्ने समय आएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) राजधानीबासीहरुलाई विभिन्न स्रोतबाट प्राप्त पानी वितरणको जिम्मेवारी पाएको संस्था हो । यो नेपाल सरकारको स्वामित्व रहेको कम्पनी हो । यस कम्पनीको सिइओ नियुक्ती मै बढी आर्थिक चलखेल हुने गरेका धेरै उदाहरणहरु छन । यसलाई सधैका लागि अन्त गरिनु अहिलेको आवश्यकता हो । यस कम्पनीका सिइओ मिलन कुमार शाक्य जस्ता अर्थ चेतनाका मानिसलाई नै सिइओ बनाउदै जाने हो भने काठमाडौंवासीले मेलम्चीको खोला नै राजधानी ल्याएपनि पानीको समस्या जस्ताको तस्तै रहने कुरामा धेरै सोच्नु नै पर्दैन ।

केयूकेएलमा केयूकेएल वोर्डले हस्तक्षेप गरेर सिइओको जिम्मेवारी उपकार्यकारी अधिकृतलाई दिएको छ । जिम्मेवारी पाएका अधिकृतलाई पनि ठुलो चुनौती देखिएको छ । वर्तमान सिइओ शाक्य जिम्मेवारी नभएपनि दैनिक कार्यालयमा हाजिर गर्न आइरहेका छन । उनी आफु केहिदिनका लागि आफ्नै इच्छाले जिम्मेवारीबाट हटेको र केहि दिनमा जिम्मेवारीका साथ आउने बताइरदा डिसिइओ धेरै अगाडि बेगिनि अवस्था पनि देखिदैन ।

अस्थायी रुपमा मेलम्चीको पानी राजधानीवासीले पीउन पाउने अवस्था आएको छ । यहि पानीलाई व्यवस्थीत रुपमा संचालन गर्न पनि केयूकेएल बोर्डले डिसिइओलाई अधिकारमात्र हैन पदिय जिम्मेवारी पनि दिनु आवश्यक देखिएको छ । दोहोरो सत्ताको अभ्यास अन्त गरेर अधिकार प्राप्त अधिकारीलाई पदिय जिम्मेवारी दिएमा केयूकेएल केहि महिनामै आँहाँ भन्ने अवस्थामा नपुग्ला भन्न सकिदैन । डिसिइओ ज्ञानेन्द्रबहादुर कार्कीले जिम्मेवारी पाएपछि उनको कार्यशैलीमा, टिम बनाएर व्यवस्थित ढंगले अगाडि बढ्न खोजेको जस्तो देखिएको छ ।

उनलाई काममा बा्धा व्यधान दिने तत्वहरुको केयूकेएलमा भौतिक उपस्थिति कायम रहदाँ, काम गर्ने अवस्थमा पनि नैतिक संकट परेको देखिएको छ । धेरै समय समस्यामा परेका केयूकेएल शाखाहरुका कामले गतिलिन थालेको शाखाका कर्मचारीहरुले समेत बताउन थालेका छन ।
सबै समस्याहरुलाई सामुहिक छलफलबाट अन्त गर्ने डिसिइओ कार्कीलाई पदिय जिममेवारीका साथ काम गर्न दिने हो भने केयूकेएलले अर्को एक वर्षमा कर्मचारीहरुलाई बोनस बाढ्ने अवस्थामा केयूकेएल पुग्ने देखिएको छ । यसैलाई भनिन्छ “हुने विरुवाको चिल्लो पात ।” केयूकेएलमा केहि शाखामा शाखा प्रमुखका कारण कर्मचारीहरुलाई काममा लगाउन समस्या देखिएको छ ।

यसलाई चाडै अन्त गरिनु पर्छ । ललितपुर शाखाका प्रमुख मिलन थापा दौडने घोडा भन्दा पनि बढी बेगिन खोजेको जस्तो देखिएको छ । उनी आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जाने संकेत छ । त्यसैले यस ठाउँमा अलिक जिम्मेवार अधिकारीलाई पठाउँदा हुने अवस्था विद्यमान छ । त्यसैगरि भक्तपुर शाखामा पनि ६ तहका प्राविधिक कर्मचारीलाई शाखा प्रमुख बनाएका कारण कर्मचारीहरुमा संन्तुलन विग्रीन गएको अवस्था छ । यसलाई सच्चाउनु डिसिइओ कार्कीलाई अर्को चुनौती जस्तै छ । त्यसैगरि बानेश्वर शाखामा पनि कार्यालय प्रमुखको कारण कर्मचारीहरुमा काम गर्ने मनोवल देखिएको छैन । उनीले कर्मचारीहरुलाई हौशला दिनुको सट्टा अलिक बढी नियन्त्रण गर्न खोजेको कर्मचारीहरुले गुनासो छ । उनीमा पनि प्रमुख भएर काम गर्न सक्ने क्षमता देखिएन त्यसैले यता पनि कार्कीले ध्यान दिनु पर्ने देखिएको छ ।

सिइओ शाक्यले विगारेका ठाँउहरुलाई सन्तुलनमा ल्याएर अगाडि बढ्नु डिसिइओ कार्कीका चुनौति हुन भने यहि चुनौतीको सामना गर्दै एउटा पानी जस्तै सङ्लो केयूकेएल बनाएर सफल हुने सुर्वणमौका पनि हो ।

५,पुष.२०७९,मंगलवार १२:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्