चर्पी भत्काएर ‘विधि र प्रक्रिया’को मन्दिर बनाउने पुजारी पनि चर्पी कै पक्षमा देख्दा भए अवाक

गएराति निदाउन सकस भयो । मनमा अनेक कुरा खेले । केहि कुराले मनलाई अलिक बेचहिन जस्तो बनायो । विगतका दिनहरुमा लेखेका केहि हरफ समाचारका शब्दहरुले चस्क घोचे जस्तो आभाष हुन्थ्यो ।

दाँया बाँया गरेर धेरै पटक ओल्टो कोल्टो फर्के । यहि वीचमा आज अर्थात पुष ७ गते परेको आफु निकस्थको जम्म दिनको शुभकामना दिन मन लाग्यो । उठेर घडी हेर्दा १ बज्न केहि मिनेट बाँकि रहेछ । यहि वीचमा फटाफट म्यासेज टाइप गरे र सेन्ट गरे । मोवाइल थन्काई । फेरी निद्रा भन्ने चीज मेरो नयनबाट निक्कै टाढा भागिसकेको जस्तो लाग्छ । पुःन निदाउने कोशिश गर्छु । कानको जालि नै फुट्ने गरि एउटा आवाज घुन घुनाउँछ ।
दाजू यसले विधि र प्रक्रिया अनुसार काम गर्ला त ? सोचे विधि र प्रक्रिया, के हो यो विधि र प्रक्रिया । यो किन आवश्यक छ । अर्को आवाज पुनः ध्वनिभुत भयो । यसले यो विधि र प्रक्रिया अनुसार गर्दै गर्दैन । त्यसैले समय खेर नफालौ । म निशब्द भए ।

यता उता हेरे कोहि छैन ? उठे बत्ती बाले । तर, पनि कोहि छैन । फेरी सुते निद्रा त पटक्कै लाग्दैन । फेरी कोल्टे फेरेर निदाउन खोजे । त्यहिबेला म अर्ध निद्रामा परेछु । त्यहि बेला अर्को आवाज आयो । विधि र प्रक्रियाले काम गर्ने यस्को विचार नै छैन त्यसैले यसलाई हटाउनुको विकल्पनै छैन ।
म अर्ध निद्रामै पुगेछु ‘त्रिपुरेश्वरको एउटा रातो घरमा ।’ त्यहाँ विधि र प्रक्रियाका लागि एउटा लडाईको मोर्चा बनेको रहेछ । म अर्ध निद्रामै त्यहि विधि र प्रक्रियाको लडाई लडिरेका र्निदोष चेहरामा मेरा नयनहरु स्पर्स गरिरहेको रहेछु ।

विचारा ति मुहार र्निदोष थिए । तर, सपना थियो, फोहोर पन्छाएर मन्दिर बनाउने । तर, त्यहाँ त मन्दिर नबनेर एउटा चर्पीको बने छ । त्यहि चर्पीका छेउमा बसेर एक जना अधबैसे महिला कराहि रहेकि छीन । दाई विधि र प्रक्रिया अनुसार यस्ले काम गर्छ होला ? हामिलाई विधि र प्रक्रिया चाहिएको हो ? बेला बेला दारा किर किर किर पनि पार्दै थिइन । अरु अधबैशेहरु पनि कसि नकसि उनलाई साथ दिइरहेका थिए ।
अर्ध निद्रामै मैले सोचे आहा कति ठुलो विचार, यो विचारले यहाँ स्थान पाउला ? उनीहरु भन्दै थिए । विधि र प्रक्रियाका लागि मृत्यु रोजन्छ । तर, विधि र प्रक्रिया अनुसार यहि मन्दिर बनाएरै छाड्ने हो ?

यो विधि र प्रक्रियाको लडाईमा म अर्थ निद्राको मान्छे पनि ७५ दिनमा कुनै न कुनै समय पुगि हाल्थे । अनि देख्थे ती भोका पेट र तिर्खेका अनुहार । क्यान्टीन वाला साहुनि चिया माग्दा र खाजा माग्दा सर धेरै भइसक्यो अलि अलि त पाए हुन्थ्यो । केहि हुनेवालाहरुले केहि नवोलि नयाँ विधि र प्रक्रियाको मन्दिर बनाउनै लागि गोजिबाट भेटी निकाले दिन्थे । यसरी ७५ दिन कटाए ती विधि र प्रक्रियाका हिमायतीहरुले । छोराको विहानको दुध किनेर खुवाएन, स्कुलको फ्रि तिरेनन । श्रीमति र श्रीमानको भनाइ खाएर भएपनि विधि र प्रक्रियाको मन्दिर बनाउन अहो रात्र खेटे । उनीहरुले चर्पीमै भएपनि घन्टी झुन्डाए । चर्पीको घन्टी कुरेर बसेका ती मन, उनीहरुका अठोट देखेर म धेरै पटक अवाक भए ।

मैले अर्थ निद्रामै देखे, एउटा मानिस चर्पीमा लगाएको घन्टीलाई मिल्काउन र त्यहाँ मुत्र विर्सजनका लागि पटक पटक आएर किच्च हाँस्दै जान्थ्यो । उ हंशमुखि थियो । उसलाई जसरी भएपनि त्यहाँ मन्दिर बनाउन नदिने सोच थियो । तर, आट, भरोसा र हिम्त भएका एक दुई थान अधबैशेहरु मन्दीर बनाउने कुरामा टस मस थिएनन ।

७६ औं दिन करिव विहान १०ः३० को समयमा यहि चर्पी बनाउने मानिस आफ्नै विरुद्ध तालि बजाएर मन्दिर बनाउनेहरुलाई साथ दिइरहेको थियो ।
गएराति म त्यही त्रिपुरेश्वरकमा १५ दिनपछि मन्दिर कस्तो बन्यो भनेर हेर्न पुगेछु । मन्दिरको पुजारी त फेरी चर्पी नै बनाउने प्रयासमा रहेछ । यसले मलाई नराम्रोसँग दुख्यो, भतभती पोल्यो । पट्क्कै निद्रा लागेन । मैले सोचे म जावो त रमितेन थिए । ति छोरा छोरी र बुढा बा आमा र श्रीमति र श्रीमानको मुख मोसेर फोहोर सफा गरेर, चर्पि भोत्काएर मन्दिर बनाउनेहरुको मन, मस्तीस्क र त्यो भोक र तिर्खा सहनेहरुको मनले यो मन्दिर बनाउने सफथ खाने पुजारीहरुलाई के भने होलान भन्ने सोच्दैमा । छिमेकिको भाले कुखुरी क्वाँ गरेपछि झल्याँस भए ।

७,पुष.२०७९,बिहीबार ०४:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्