प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज ज्योतिषीलाई साइत हेराएर खुमलटारबाट बालुवाटार सर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका छन् । उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालय स्रोतले बतायो ।

स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।

१३,पुष.२०७९,बुधबार १३:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्