भारतीय प्रधानमन्त्री मोदीकी आमा १०० वर्षीया हिरावेनको शुक्रबार बिहान निधन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ ।

१०० वर्षीया आमा हिरावेनको शुक्रबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार अहमदवादको यूएन मेहता अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदीले यसै वर्ष १८ जुनमा आमा हिरावेनको शताब्दिऔं जन्मजयन्ती मनाएका थिए ।

१५,पुष.२०७९,शुक्रबार ०८:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्