प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए ।

१९,पुष.२०७९,मंगलवार १३:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्