काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहसका क्रममा रिट निवेदक पक्षले सांसद पद खारेज हुनुपर्ने जिकिर गरेको छ ।
अधिवक्ता रविराज वसौला र युवराज पौडेलले दायर गरेको रिटमाथि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा बहस भइरहेको छ । इजलासमा न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्ह र प्रकाशमान सिंह राउत छन् ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले अमेरिकाबाट फर्किएपछि लामिछानेले नेपालको नागरिकता नलिएको र अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता नलिएका कारण उनी सांसद हुन अयोग्य रहेको जिकिर गरे ।
रिट निवेदक पक्षले लामिछानेको सांसद सदस्य पद खारेजी हुनुपर्ने भन्दै अन्तरिम आदेश माग गरेका छन् भने सरकारी वकिलले यसबारे कुनै निर्णय नभएकाले अन्तरिम आदेश आवश्यक नरहेको जिकिर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्