लायन्स मित्र बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा भब्यरुपमा सम्पन्न

काठमाडौं । “घरमा पनि वित्तिय अनुशासन छ भने त्यो घर स्वर्ग जस्तै हुन्छ । त्यसैले यो संस्थाले आफ्नो वित्तिय अनुशासन कायम राख्न सकेको पाएको छु । अझ प्रजातान्त्रीक र पारदर्शि ढंगले यो सहकारी अगाडि बढोस मेरो शुभकामना छ ।”

काठमाडौं क्षेत्र नं ५ प्रतिनिधिसभाका सदस्य माननिय प्रदिप पौडेलले प्रमुख अतिथिको तर्फबाट लायन्स मित्र बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभालाई शुभकामना दिर्दै उक्त कुरा भनेका थिए ।

विशेष अतिथिको तर्फबाट ऋषि घिमिरेले भने, “यो सहकारी अन्य सहकारी जस्तो साधारण सहकारी हैन, त्यसैले यो सहकारीले विदेश भ्रमण बचत खाता जस्तो नयाँ योजना ल्याउन सफल होस भन्ने शुभकामना दिन चाहन्छु ।”

लायन्स सहकारीले वार्षिक साधारण सभामा ६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । समाजका लब्ध प्रतिष्ठत समाजसेवीहरुलाई सम्मान गरिएको साधारण सभामा उल्लेखनिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहकारीका अध्यक्ष शम्भुप्रसाद घिमिरेको अध्यक्षमा सम्पन्न भएको साधाण सभाको संचालन मधुकर कुमार उपाध्यायले गरेका थिए ।

२२,पुष.२०७९,शुक्रबार १७:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्