केयूकेएलको आधिकारीक टेड्र युनियनको निर्वाचनमा लोभीपापीहरुको पत्तासाफ हुने संकेत ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा आधिकारकि कर्मचारी टेड्र युनियनको निर्वाचन माघ २३ गते हुने लगभग निश्चित जस्तै भएको छ । केयूकेएल व्यवस्थापनको तर्फबाट केयूकेएलमा क्रियाशिल युनियनहरुसँगको छलफलबाट माघ २३ गते निर्वाचन गर्ने तयारीको लागि श्रम कार्यालय टेकुलाई पत्रचार भएको छ ।

आधिकारीक यूनियनको निर्वाचनको तयारीसँगसँगै युनियनका नेताहरु आन्तरीक रुपमा छलफलमा जुटेका छन । सधै कार्यालय प्रमुख, लेखा प्रमुख र खरिद प्रमुखहरुसँग नेपाली कांग्रेस टेड्र युनियनको नेता हुँ भन्दै धाक धम्की दिएर पैसा असुली गर्दै आएका लेखा प्रमुख तेजेन्द्र कार्कीका कारण केशव अधिकारीले नेतृत्व गरेको युनियन यतिखेर रक्षात्मक अवस्थामा देखिएको छ । तेजेन्द्र कार्कीले अधिकार विहिन सिइओ मिलनकुमार शाक्यसँगको ब्ल्याकमेलिङ गरेर इलोक्टोनिक मेकानिकलको लेखा प्रमुख हत्याउन सफल भएका थिए । उनलाई डेविट र क्रेडिट समेत नआउने भएका कारण उनी यतिखेर निक्कै विवादमा समेत तानिएका छन । उनी विहान बेलुका अफिसमा देखिएपनि कार्यालय समयमा टेड्र युनियन कांग्रेसको राजनितिमा हिड्ने गरेको बुझिएको छ । उनकै कारण नेपाली कांग्रेसको युनियन केयूकेएलमा दुई बटा हुन पुगेको थिए ।

उनी केयूकेएलमा लेखा र प्रशासन प्रमुखमा आफु निकटका मानिसलाई राखेर आर्थिक जोहो गर्ने कर्मचारी नेतामा एक नम्बर कै हुन । उनको विगत पनि त्यति राम्रो छैन । तत्कालिन नेपाल खानेपानी संस्थानमा कौशलनाथ भट्टराई महाप्रबन्धक हुदाँ एक छत्र राइदाई गरेका कार्कीले नेपाली कांग्रेसकै कर्मचारीहरुलाई समेत धुलो पेलान गरेका थिए । उनलाई कमिशनबाट आएको पैसा हिसाव किताव नबुझाउने कर्मचारी निमेशभर पनि मालदार शाखामा टिक्ने अवस्था थिएन ।

यसरी राइदाई गरेका कार्की परामादेशी सरकारको तर्फबाट खानेपानी मन्त्रीमा उमाकान्त चौधरी आउनासाँथ उनी केयूकेएलको मेकानिकल शाखाको लेखा प्रमुखमा सरुवा भएका थिए । उनमा काम गर्ने क्षमता भन्दा पनि ठुलो स्वरमा बोल्ने क्षमता अधिक रहेको उनी निकस्थहरुको भनाइ रहेको छ ।
कार्कीले आफ्नो मनपरि नचल्ने अबस्था देखेपछि इलोक्टोनिक मेकानिकलमा अब्बल देखिएका कार्यालय प्रमुख कृष्णहरि बुढाथोकिलाई सरुवा गराउन समेत मन्त्रीलाई कुरा लगाएको मन्त्रालय स्रोतले दावी गरेको छ । केयूकेएलमा इलोक्टोनिक मेकानिकलमा इन्जिनियरमा बुढाथोकि ज्यादै काबिल कर्मचारीका रुपमा चिनिएका छन । तर,उनीमा अरुका कुरा छिट्टो विश्वास गर्ने कमजोरीका कारण कहिले काहि विवादमा आएपनि काम गर्ने शैलि, निर्णय क्षमता र कर्मचारीहरुमा हिमजिम गर्ने क्षमता भने असाधारण शैलिको छ । यस्ता कार्यालय प्रमुखसँग पनि एकलौटी गर्न नपाएको रिस पोख्न मन्त्रालय धाएको आरोप तत्कालिन मन्त्रीको सचिवालयले लगाएको छ ।

तेजेन्द्र कार्की नेपाली कांग्रेसका महासमिति सदस्य र महाधिवेश प्रतिनिधि समेत हुन । उनी खुल्ला दलको नेता र सदस्य हुदाँ समेत केयूकेएल व्यवस्थापन र बोर्डले कारवाहि गर्न नसक्नु अर्को विडम्बना भएको छ । यस सम्बन्धमा वोर्ड र व्यवस्थापनका पदाधिकारी र सदस्यहरु उजुरी नपरीकन कसरी कारवाहि गर्ने भनेर आफ्नो लाचारी देखाउँछन ।

कार्कीको छत्रछाँयामा रहेको केशव अधिकारीको युनियन भन्दा सारदा बोहोराले नेतृत्व गरेको युनियन केयूकेएलमा निक्कै पपुलर देखिएको छ । केशवको युनियनमा नेताहरुले मात्र लेखा,खरिद र स्टोरमा घुमिफिरी बस्नु पर्ने बाध्यताका कारण पनि यस पटकको आधिकारीक युनियनको निर्वाचन बोर्ड र व्यवस्थापनसँग कर्मचारीहरुका मागलाई र्निधक्कपूर्वक राख्न सक्ने यूनियनलाई जिताउनु पर्ने बाध्यता केयूकेएलका कर्मचारीहरुका देखिएको छ ।

एमाले, माओवादी र बैद्य माओवादी निकट कर्मचारी संगठनमा पनि आफु र आफु निकटकालाई मात्र खरिद, लेखा र स्टोरमा राख्नु पर्ने मनरोग कायम रहेका कारण यस युनियनको बलियो भएर पनि आफ्ना मत संरक्षण गर्न सक्ने अवस्था देखिएको छैन ।

२३,पुष.२०७९,शनिबार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्