हेटौँडा । गृहको निर्देशनपछि मकवानपुरका १०२ अवैध क्रसर उद्योग बन्द गरिएका छन् । मापदण्ड नपुगेको कारण ती उद्योग बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।
बुधबार गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासनलाई अवैध क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थियो । त्यसलगत्तै सरोकारवालाको बैठकले सबै क्रसर उद्योग बन्द गर्न सम्बन्धित व्यक्तिलाई जानकारी गराएको थियो ।
दर्ता नगरिएका, नवीकरण नभएका, सञ्चालन अनुमति नलिई ढुंगा, गिटी, रोडा तथा बालुवा उत्खनन् र प्रशोधन गरिरहेका क्रसरलाई प्रहरीको प्रहरीको सहयोगमा स्थानीय प्रशासनले बन्द गराएको हो ।
मकवानपुरमा गत आर्थिक वर्षसम्म जिल्लाभरका ७१ वटा क्रसर उद्योगले राजश्व बुझाएको तथ्यांक छ । हेटौँडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकामा अधिकांश क्रसर उद्योग सञ्चालनमा छन् । पछिल्लो समय पूर्वीमकवानपुरको बकैया र वागमती गाउँपालिकामा पनि केही क्रसर उद्योग थिए ।
प्रतिक्रिया दिनुहोस्