प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीहरूलाई ७.०५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले सेयरधनीहरूलाई ७.०५ प्रतिशत लाभांश दिने भएको छ । २४ पुसमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कूल ७.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

२५,पुष.२०७९,सोमबार ११:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्