ठूला दलको कार्यकर्ता नभएकैले रेशम चौधरीमाथि मुद्दा चलाइयो : रञ्जिता चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले रेशम चौधरीलाई राजनीतिक संरक्षण नभएकै कारण मुद्दा लगाइएको बताएकी छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले रेशम माओवादी, कांग्रेस, एमाले जस्ता ठूला दलको कार्यकर्ता नभएकै कारण मद्दा लगाइएको टिप्पणी गरिन् ।

न्याय खोज्दै संसदमा आइपुगेको बताउँदै उनले भनिन्, ‘रेशम चौधरीलाई किन मद्दा लगाइयो ? कांग्रेस, एमाले, माओवादीको ठूला दलको नेता नभएकै कारण मद्दा लगाइयो । र, थारु भएकै कारण रेशमसँगै अरुलाई पाँच वर्षदेखि जेलमा राखियो ।’

टिकापुर घटना बन्द कोठामा घटाइएको घटना नभएको बताउँदै उनले भनिन्, ‘टिकापुर थारु आन्दोलन, टिकापुर घटना कुनै बन्द कोठा भित्र घटाइएको घटना थिएन, हजारौंको भिडमा नदेखिएको रेशम चौधरीलाई आज पनि कारागारमा थुनिएर राखिएको छ ।’

सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री एवं रास्वपाका अध्‍यक्ष रवि लामिछाने ।

२५,पुष.२०७९,सोमबार १६:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्